स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक सस्थागत जनशक्तिबाट कृषि बिकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रबिधि तथा उत्पादन सामाग्रीको व्यवस्था, बाली र बस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पुर्बाधारको व्यवस्था जस्ता क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना सहित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आ.व. २०७३/७४ देखि आ.व. २०८२/८३ सम्म १० बर्ष अवधिको लागि लागू भएको छ। निर्वाहमुखी कृषि क्षेत्रलाई व्यावसायिक प्रतिस्पर्धी र सम्मानजनक व्यवसायको रुपमा विकास गरी रोजगारीको अवसर सिर्जना र देशको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनु आजको आवश्यकता हो । कृषि पेशालाई व्यवसायिक र औधोगिकीकरणमा रुपान्तरित गर्दै गरिबी न्युनिकरणको राष्ट्रिय लक्ष्य पुरा गर्नका लागि सबै क्षेत्रले जोड दिनुपर्ने देखिन्छ । खाद्यान्न र उच्चमूल्य पर्ने नगदे बालीहरुको क्षेत्रफल उत्पादन र उत्पादकत्व आवश्यकता अनुरुप बृद्धि हुन नसक्नुले कृषि बस्तुहरुको आयातमा दिनानुदिन बढोत्तरी हुदै गईरहेको र निर्यातको आयतन खुम्चदै जादाँ देशको कुल व्यापार घाटा असन्तुलित रुपमा बढी रहेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषि उत्पादनको लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था गर्ने बाली बस्तु उत्पादनमा यान्त्रिकरण गर्ने प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारहरुको व्यवस्था मिलाउने देशका विभिन्न क्षेत्रहरुलाई विशिष्टिकृत बालीहरुको लागि विशिष्टिकृत क्षेत्र तोकी बालीको व्यवसायिकरण विविधिकरण र आधुनिकिकरण मार्फत आर्थिक विकास गर्ने उदेश्यका साथ संघिय सरकार अन्तरगत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन एकाइ(जोन) विकास कार्यक्रम आ.व. २०७६/०७७ बाट डोल्पा जिल्लामा सक्रिय कार्यान्वयनमा रहि सेवा प्रदान गरि रहेको छ ।